फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल/डिजल प्रतिलिटर कति पुग्यो ?

काडमाठौं । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २२रुपैयाँले मूल्यवृद्धि गरिएको छ ।

 

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर विक्री मूल्यमा ५ रुपैयाँले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

 

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।

 

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब १ अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।

 

मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

 

निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । इण्डियन आयल कर्पोरेशनले आज पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा १ अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ ।

विश्वलाई नै चकित पार्दै चीनले ८ वर्षमै कसरी बनायो १० करोड नागरिकलाई धनी ? Read Previous

विश्वलाई नै चकित पार्दै चीनले ८ वर्षमै कसरी बनायो १० करोड नागरिकलाई धनी ?

कृषिमा क्रान्ति गर्न खाद्य बैंक : सदस्यलाई १ लाखको सेयर, यसरी हुनेछ बिचौलियाको अन्त्य Read Next

कृषिमा क्रान्ति गर्न खाद्य बैंक : सदस्यलाई १ लाखको सेयर, यसरी हुनेछ बिचौलियाको अन्त्य