विश्वलाई नै चकित पार्दै चीनले ८ वर्षमै कसरी बनायो १० करोड नागरिकलाई धनी ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङले आफू सन् २०१२ मा चीनको राष्ट्रपति बन्दा तय गरेको गरिबी निवारण सम्बन्धी महत्वाकांक्षी लक्ष्य पूरा भएको बताएका छन् । उनले त्यो बेला १० करोड चिनियाँ नागरिकहरूलाई गरिबीको रेखाबाट माथि उकाल्ने लक्ष्य सार्वजनिक गरेका थिए ।

 

त्यसपछि चीनले वास्तवमा के उपलब्धी हासिल गर्यो त ? चिनियाँ तथ्याङ्कहरूलाई विश्व गरिबीका सूचकहरूसँग तुलना गरेर हेर्दा केही तस्वीर बन्छ ।

 

विश्व बैंकको परिभाषाले दैनिक १.९० डलर वा सो भन्दा कम आम्दानी गर्नेलाई गरिब मानेको छ । चीनको स्तर भने यो भन्दा माथि छ । चीनले २.३० डलरभन्दा तल दैनिक आम्दानी गर्नेलाई गरिब मानेको छ ।

 

चीनले गाउँमा बस्ने र दैनिक २.३० अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेलाई गरिबीको रेखामुनी राखेको छ । आम्दानीका अलावा जीवनस्तर, स्वास्थ्य र शिक्षालाई पनि गरिबी मापनका आधारहरू बनाइएका छन् ।

 

गरिबी घटाउने चिनियाँ लक्ष्य प्राप्त गर्नका लागि चिनियाँ प्रान्तहरू पनि जोडतोडले लागिरहेकै थिए । उदाहरणको लागि जियाङसुले गत वर्षको जनवरी महिनामा आफ्ना ८ करोड जनसंख्या मध्ये १ करोड ७० लाख मात्र गरिबीमा बाँचिरहेको घोषणा गरेको थियो ।

 

विश्व बैंकको परिभाषाले दैनिक १.९० डलर वा सो भन्दा कम आम्दानी गर्नेलाई गरिब मानेको छ । चीनको स्तर भने यो भन्दा माथि छ । चीनले २.३० डलरभन्दा तल दैनिक आम्दानी गर्नेलाई गरिब मानेको छ ।


माथिको चार्टमा चीनमा गरिबीको निवारण पछिल्ला वर्षहरूमा कसरी हुँदै आएको देखाइएको छ । विश्व बैंकको ‘स्ट्यान्डर्ड’ मापदण्डका आधारमा तयार पारिएको यो चार्टले गरिबी निवारणको सन्दर्भमा चीनको उपलब्धीलाई प्रष्ट पार्छ ।

 

अन्तर्राष्ट्रिय मापदण्डका अनुसार सन् १९९० मा चीनमा ७५ करोड मानिसहरू गरिबीको रेखामुनि थिए । सन् २०१२ मा आइपुग्दा यो तथ्याङ्क घटेर ९ करोडमा आइपुगेको छ । र, सन् २०१६ (विश्व बैंकको पछिल्लो उपलब्ध तथ्याङ्क) मा यो तथ्याङ्क ७ करोड २० लाखमा झरिसकेको छ । यसको मतलब ३० वर्ष अघिको भन्दा ७४ करोड ५० लाख कम मानिसहरू गरिबीको रेखामुनी रहेका छन् । त्यसैले सन् २०१६ मै चीन आफ्नो लक्ष्य प्राप्तिको बाटोमा निकै बलियोसँग लागेको थियो ।

 

विश्व बैंकको पछिल्ला तथ्याङ्कहरू उपलब्ध छैनन् । तर चिनियाँ सरकारका पछिल्ला घोषणाहरूलाई आधार मान्दा चीन आफ्नो लक्ष्य प्राप्तीको बाटोमा लागिरहेकोतर्फ नै संकेत गर्छ ।

 

सोही क्षेत्रका अन्य देशहरूको कुरा गर्दा करिब-करिब सोही अवधिमा भियतनाममा पनि नाटकीय ढंगले गरिबी घटेको छ । अर्को ठूलो देश भारतमा सन् २०११ सम्म २२ प्रतिशत मानिसहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरिबीको रेखामुनी रहेका थिए । यो नै उपलब्ध पछिल्लो तथ्याङ्क हो । अर्को ठूलो देश ब्राजिलमा दैनिक १.९० डलर भन्दा कम कमाउने ४.४ प्रतिशत मानिसहरू रहेका छन् ।

 

चीनमा तीव्र गतिमा गरिबी घट्नुलाई उसैगरी तीव्र ढंगले र लामो समयसम्म भएको आर्थिक वृद्धिसँग जोडेर हेर्न सकिन्छ । चीनले धेरै आर्थिक गतिविधिहरू ग्रामीण क्षेत्र केन्द्रित गरेको पनि छ ।

 

चिनियाँ सरकारले धेरै ग्रामीण क्षेत्रका मानिसहरूलाई अपार्टमेन्ट कम्प्लेक्सहरूमा स्थातान्तरण गरेको छ । कहिलेकहीँ त्यस्ता कम्प्लेक्सहरू सहरमा निर्माण गरिएका छन् भने कतिपय कम्प्लेक्सहरू ग्रामीण क्षेत्रमै पनि निर्माण गरिएका छन् ।

 

यो स्थानान्तरणको प्रक्रियाका बारेमा विरोध पनि नभएका होइनन् । मानिसहरूले कहाँ बस्ने र कहाँ काम गर्ने बारेमा आफ्नो स्वतन्त्र निर्णय गर्न पाएनन् भनेर आवाज पनि नउठेका होइनन् ।

 

कतिपयले ग्रामीण क्षेत्रको गरिबीलाई कम्युनिष्ट पार्टीकै नीतिको उपजको रुपमा नबुझेका पनि होइनन् । ‘चीनमा पछिल्लो ४० वर्षमा अदभूत परिर्वतन भएको तथ्यलाई नर्कान पनि त सकिँदैन,’ अर्थशास्त्री डेभिड रेनी भन्छन् । तर गरिबहरूको संख्यामा आएको यो नाटकीय कमीलाई सरकारको मात्र उपलब्धीको रुपमा हेर्न नहुने उनको बुझाइ छ ।

 

‘चिनियाँहरूले आफूलाई गरिबीबाट माथि उकाल्न धेरै मिहिनेत गरेका छन् । अध्यक्ष माओले शुरू गरेका हास्यास्पद आर्थिक नीतिहरू पूँजीवादी अर्थव्यवस्थाका खातिर परिर्वतन पनि गरिएका छन्,’ उनी भन्छन् ।

 

अध्यक्ष माओले जनगणतन्त्र चीनको स्थापना सन् १९४९ मा स्थापना गरेका थिए । उनको विध्वशंकारी ‘अग्रगामी छलाङ’ले धेरै किसानहरूलाई ‘कम्युन’ तर्फ धकेलेको पनि थियो, जसले चीनमा भोकमरीको अवस्था पनि व्यापक रुपमा ल्यायो ।चीनले गरिबी निवारणको क्षेत्रमा प्रभावकारी काम गर्दै गर्दा के अब आफ्नो स्तरलाई पनि उकाल्नु पर्ने अवस्था आएको हो त ?

उदाहरणको लागि, विश्व बैंकले उच्च मध्यम आयमूलक राष्ट्रहरूको लागि गरिबीको रेखाको स्तरोन्नति गरेको छ । यस्ता देशहरूको लागि गरिबीको रेखाको मापदण्ड प्रति दिन ५.५० डलर तोकिएको छ । विश्व बैंकका अनुसार चीन अहिले उच्च मध्यम आयमूलक राष्ट्र हो ।यो मापदण्डका अनुसार चीनमा अझै एक चौथाइ मानिसहरू गरबीको रेखामुनी रहेका छन् । यसै मापदण्डका आधारमा तुलना गर्दा यो ब्राजीलको भन्दा थोरै धेरै हो ।

 

चीनमा आर्थिक असमानता पनि अत्याधिक रहेको छ । गत वर्ष चिनियाँ प्रधानमन्त्रीले बताए अनुसार अझै ६० करोड चिनियाँहरूको मासिक आम्दानी मुश्किलले १५४ डलर हाराहारी छ । उनका अनुसार यो कमाइले सहरमा एउटा कोठा भाडामा लिन पनि पुग्दैन ।

 

तर जुनसुकै मापदण्डका आधारमा कुरा गर्दा पनि चीनले दशौं लाख मानिसहरूलाई गरिबीको रेखाबाट माथि उकालेको लक्ष्य भने नर्कान सकिँदैन ।

नेप्सेमा उच्च अंकको कमब्याक, कारोबार रकममा भने भारी गिरावट Read Previous

नेप्सेमा उच्च अंकको कमब्याक, कारोबार रकममा भने भारी गिरावट

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल/डिजल प्रतिलिटर कति पुग्यो ? Read Next

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल/डिजल प्रतिलिटर कति पुग्यो ?