रेडमी के-२० सिरिज नेपाली बजारमा, यस्ता छन विशेषता

काठमाडौं– शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ ।

 

रेडमी के२० सिरिज

 

रेडमी के२० र रेडमी के२० प्रो ले फ्ल्यागसिपको प्रतिज्ञा गर्दै दुवै उपकरणमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधि ल्याएको छ । दुवै रेडमी के२० र रेडमी के २० प्रो मा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस एएमओएलईडी होरिजन डिस्प्ले रहेको छ ।

 

२० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२० सिरिजमा स्क्रीन देखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९% रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो । होरिजन एएमओएलईडी डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ ।

 

उद्योगमै पहिलो पटक रेडमी के२० ले फायर एण्ड आईसबाट प्रेरित भएर ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा फोनहरु उपलब्ध गराएको छ । एस्थेटिक्स डिपार्टमेन्ट एलईडी नोटीफिकेसन पल्सेट गरेर पूर्ण हुन्छ जुन पप–अप क्यामेरा संयन्त्रको (कम्तिमा ३००,००० पटक काम गर्न परिक्षण गरिएको) शिर्षमा क्यामेरा मोड्यूलको वरपर स्टाइलिस हलो रिंगका साथ रहेको छ ।

 

रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ । यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्छ ।

 

दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ । रेडमी के२० उच्च गुणस्तरीय रहेको छ, पीटूआई न्यानो–कोटिङले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ साथै दुवै फोनको अघिल्लो तथा पछिल्लो भागमा रहेको कर्निंग गोरिला ग्लास ५ ले यसलाई टिकाउ, दिगो र सुन्दर बनाएको छ । अन्य सहजज्ञ गुणस्तर सुधार अन्तर्गत यसले फोन खस्न लागेमा पप–अप क्यामेरा स्वचालित रुपमा रिट्रयाक्ट गर्दछ ।

 

शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी नेपालमा रेडमी के२० सिरिज भित्र्याउन पाउँदा निकै प्रसन्न छौं । रेडमी फ्ल्यागसिप सिरिजको रुपमा नेपालमा पहिलो रेडमी के२० तथा के२० प्रो ले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ । नेपालका सम्पूर्ण प्रयोगकर्ताले रेडमी के२० र रेडमी के२० प्रो मा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३०को अनुभव लिन सक्नेछन् ।’

 

अल्फा फ्ल्यागसिप

 

रेडमी के२० प्रो प्रयोगकर्ताको खुसीका लागि अटल फ्ल्यागसिप हो । यो क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्ल्याटफर्ममा आधारित पहिलो रेडमी फोन हो र यसमा विश्वकै सबैभन्दा तेज प्रोसेसर छ (अघिल्लो एसडी ८४५ भन्दा ४५५ तीव्र)। स्न्यापड्रेगन ८५५ को ट्राई–क्लस्टर आर्किटेक्चर र ७ एनएम आर्किटेक्चरले रेडमी के२० प्रो लाई विशाल प्रोसेसिङ आट प्रदान गर्दै विश्वकै सबैभन्दा शक्तिशाली स्मार्टफोन बनाएको छ ।

 

रेडमी के२० प्रो मा सोनी आईएमएक्स५८६ सेन्सर भएको ४८ एमपी एआई मुख्य क्यामेरा, ८ एमपी २एक्स टेलिफोटो क्यामेरा र १२४.८ फिल्ड भ्यू सहितको १३ एमपी अल्ट्रा–वाइड क्यामेरा रहेको छ । यो फोनहरु दुईवटा स्टोरेज भेरियन्ट (६जीबीर१२८जीबी र ८जीबीर२५६जीबी) र तीनवटा रंगहरुमा उपलब्ध रहेको छ ।

 

उच्च रिजोलुसन डिजिटलदेखि एनालग कन्भटरले गर्दा रेडमी के२० प्रोमा लसलेस अडियोलाई पुनः प्ले (२४ बिट, १९२ केएचजेड सम्म) गर्ने क्षमता छ साथै डूअल जीपीएस एन्टेनाले जीपीएस पिनपोइन्टको सूक्ष्मता सूनिश्चित गर्दछ ।

 

रेडमी के२० नयाँ क्वालकम स्न्यापड्रेगन ७३० भएको पहिलो फोन हो र स्न्यापड्रेगन ७३० क्वालकमले ल्याएको तेस्रो तीव्र चीपसेट (एसडी ८४५ र एसडी ८५५ भन्दा पछाडि) हो जुन अघिल्लो स्न्यापड्रेगन ७१० भन्दा ४०५ ले तीव्र छ । यसले रेडमी के२० लाई मिड–प्रिमियम सेगमेन्टमा सबैभन्दा शक्तिशाली फोन बनाएको छ ।

 

यस्ताे छ मूल्य

 

रेडमी के२० प्रो अगष्ट ११ तारिकबाट तीनवटा रंग– फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्ल्याक कलरमा नेपालका सम्पूर्ण अफलाइन च्यानलमा ८ जीबी प्लस २५६ जीबी भेरियन्ट ४९ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । रेडमी के२० ३९ हजार ९ सय ९९ मा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रहेको छ ।

कृषि विकास बैंक पनि कनेक्ट आईपीएस प्रणालीमा आवद्ध Read Previous

कृषि विकास बैंक पनि कनेक्ट आईपीएस प्रणालीमा आवद्ध

सेयर बजार सातामा २५ अंकले घट्यो Read Next

सेयर बजार सातामा २५ अंकले घट्यो