काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको विद्युत्तीय भुक्तानी प्रणालीमा कनेक्ट आईपीएस पेमेन्टमा आजबाट कृषि विकास बैंक पनि आवद्ध भएको छ । अब कृषि विकास बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत बैंक खाताबाट अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानीसेवाहरु प्राप्त गर्न सक्नेछन् ।
हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीेलगायत अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
सेवा प्रदायकहरुको पोर्टलमा कनेक्ट आईपीएसको पेमेन्ट प्रोसेसर (गेटवे), अथवा मोबाईल एपको प्रयोग गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।
कनेक्ट आईपीएस प्रणालीमा आवछ हुन हाल सम्म ५७ वटा बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरेका छन् भने ५१ वटाले बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।