भदौ २५ बाट फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै, १५० बढी स्टल रहने

काठमाडौं । आगामी भदौ २५ गतेबाट सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु हुने भएको छ । भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पो २९ गतेसम्म संचालन हुनेछ ।

 

५ दिनसम्म चल्ले एक्स्पोमा स्वेदेशी तथा विदेशी ब्राण्डका १ सयभन्दा बढी कम्पनीको सहभागिता रहने छ । एक्स्पोमा नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ ।

 

एक्सपोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

 

एक्सपो अवलोकनाका लागि आउने ग्राहकका लागि लक्की ड्रको व्यवस्था गरिएको छ । प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । एक्स्पोमा रोबटिक प्रतिस्पर्धा पनि हुने छ ।

 

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य रहने संघका अध्यक्ष रुपेश प्रधानले बताए ।

 

नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए ।

 

एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा आयोजना हुने एक्सपो फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्ने बताए ।

 

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् ।

अब कृषकलाई ४ तहमा वर्गीकरण गरी अनुदान दिइने Read Previous

अब कृषकलाई ४ तहमा वर्गीकरण गरी अनुदान दिइने

कृषि विकास बैंक पनि कनेक्ट आईपीएस प्रणालीमा आवद्ध Read Next

कृषि विकास बैंक पनि कनेक्ट आईपीएस प्रणालीमा आवद्ध