सेयर बजार सातामा २५ अंकले घट्यो

काठमाडौं । यो साता सेयर बजारमा २५ अंकको गिरावट आएको छ । आईतबारदेखि निरन्तर ओरालो लागेको बजारमा बुधबार झिनो सुधार देखिए पनि आज साताको अन्तिम दिन झन्डै १० अंकले गिरावट आएको छ ।

 

आइतबार १२६३.८४ अंकबाट सुरु भएको बजार साताको अन्तिम दिन १२३८.५६ अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले दिएको नयाँ निर्देशन र पूँजीगत लाभकरको विवादका कारण यो साता बजारमा ठूलो गिरावट आएको हो ।

 

बिहीबार सेयर बजार मापक सूचक नेप्से ९.९२ अङ्कले घटेर १२३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ । परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

 

आज कूल १६६ कम्पनीको ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १८ लाख ७७ हजार ५४२ कित्ता शेयर खरिदबिक्री भए ।

 

कारोबार भएका १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५५.४, व्यापार २.०३, होटल २०.८३, विकास बैंक ८.१५, जलविद्युत् ३१.३५, वित्त ४.९७, निर्जीवन बीमा ७५.४३, उत्पादन ११.८५, अन्य ५.३४, लघुवित्त २०.३२, जीवनबीमा २६.५५ र सामूहिक लगानी कोषका शेयर ०.०२ अङ्कले घटेको छ ।

 

आज कारोबार रकमका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर ९ करोड ७९ लाख ९९ हजार १८१ रुपैयाँको खरिदबिक्री भएको छ । यसैगरी सान्जेन जलविद्युत् कम्पनी ५ करोड १३ लाख सात हजार ५३७, नेपाल बैंक लिमिटेड दुई करोड ३३ लाख १३ हजार २६० रुपैयाँको कारोबार भएको छ ।

 

घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५७.१, विजय लघुवित्त वित्तीय संस्था ४.०८, सानिमा इक्विटी फण्ड २.२९, एक्सेल डेभलपमेन्ट बैंक १.७५ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले १.५३ प्रतिशतले कमाए ।

 

यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७०, साञ्जेन जलविद्युत् कम्पनी ४.६८, स्वरोजगार लघुवित्त विकास बैंक ४.१८, मितेरी डेभलपमेन्ट बैंक ४.०८ र सुमिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए ।

रेडमी के-२० सिरिज नेपाली बजारमा, यस्ता छन विशेषता Read Previous

रेडमी के-२० सिरिज नेपाली बजारमा, यस्ता छन विशेषता

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा Read Next

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा