काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्लाको चन्दननाथ नगरपालिका–६ मा २१३ औं शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको समुद्घाटन चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले गरे । उनले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेकोेमा प्रशंसा गरे ।
बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै उनले बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।
उक्त शाखाबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकको अपेक्षा छ । साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि गराई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणाली मार्फत हुने बैंकले विश्वास लिएको छ ।