कहिले हुँदैछ महिला लघुवित्तको आइपीओ बाँडफाँट ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) यसै साताभित्र बाँडफाँट हुने भएको छ ।

 

विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार प्रि–अलोटमेन्ट गर्ने तयारी गरिएको छ । प्रिअलोटमेन्ट गरेपछि ढिलोमा शुक्रबारसम्म आइपीओ बाँडफाँट गरिने जनाइएको छ ।

 

लघुवित्तको आइपीओमा हालसम्मकै धेरै १४ लाख ४४ हजार ५८८ आवेदकले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यो अहिलेसम्म खुलेका कुनै पनि आइपीओ परेको सबैभन्दा धेरै आवेदन हो । यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीऋोमा १५ लाखले आवेदन दिएका थिए ।

 

लघुवित्तले माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको ४ करोडको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।

 

लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो ।लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।

चक्रपथ विस्तार : दोस्रो खण्डको ‘साइट क्लिरेन्स’ ९८% पूरा, महाराजगंजका १२ घर हटाउन भने मुश्किल Read Previous

चक्रपथ विस्तार : दोस्रो खण्डको ‘साइट क्लिरेन्स’ ९८% पूरा, महाराजगंजका १२ घर हटाउन भने मुश्किल

जुम्लाको चन्दननाथमा प्रभु बैंकको नयाँ शाखा संचालनमा Read Next

जुम्लाको चन्दननाथमा प्रभु बैंकको नयाँ शाखा संचालनमा