संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासक फैसला, १३ दिनभित्र संसद बोलाउन आदेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई बदर गरेको छ ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ सदस्यीय संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

 

प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको  इजलासले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन बदर हुने फैसला गरेको हो ।

 

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।  प्रधानमन्त्रीको उक्त कदमको विरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।

 

प्रधानमन्त्रीको कदम बदर गरेसँगै सर्वोच्चले संसद पुनःस्थापना गरी १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

 

जुम्लाको चन्दननाथमा प्रभु बैंकको नयाँ शाखा संचालनमा Read Previous

जुम्लाको चन्दननाथमा प्रभु बैंकको नयाँ शाखा संचालनमा

छुट्याइएको बजेट नै खर्च गर्न नसकेको सडक विभागले माग्यो थप ३० अर्ब Read Next

छुट्याइएको बजेट नै खर्च गर्न नसकेको सडक विभागले माग्यो थप ३० अर्ब