इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि वृद्धि, कुन गन्तव्यको कति बढ्यो ? (सूचीसहित)

काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिको असर हवाई भाडामा परेको छ । नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाईसेवाप्रदायकहरुले पनि भाडा बढाएका छन् ।

 

वायुसेवा सञ्चालक संघ नेपालले शनिबारदेखि लागू हुने गरी हवाई भाडामा लाग्ने इन्धन शुल्कका आधारमा नयाँ भाडादर तोकेको छ ।

 

संघकाअनुसार गन्तव्य अनुसार न्यूनतम १० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म भाडा वृद्धि गरिएको छ । इवाई भाडादरले यात्रुलाई खासै महंगो नपर्ने दाबी वायुसेवा कम्पनीहरूको छ।

 

संघले माउन्टेन उडानमा ७० रुपैयाँ, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं– पोखरा ३०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०,काठमाडौं–तुम्लिङटार ४०र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ इन्धन चार्ज बढेको छ।

 

कुन गन्तव्यको कति बढ्यो भाडा ?

 

 

एकहप्तामा कतिले बेचे इन्फ्रस्ट्रक्चर बैंकको सेयर ? Read Previous

एकहप्तामा कतिले बेचे इन्फ्रस्ट्रक्चर बैंकको सेयर ?

उखु अभावमा सिजनमै बन्द हुँदै चिनी मिल, किसान पलायन हुँदा वर्षेनी उत्पादन घट्दै Read Next

उखु अभावमा सिजनमै बन्द हुँदै चिनी मिल, किसान पलायन हुँदा वर्षेनी उत्पादन घट्दै