क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसेन निुयुक्त, ७९९ रुपैयाँमा २० एमबीपीएस इन्टरनेट

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसेनलाई नियुक्त गरेको छ ।

 

करोडौं दर्शक स्रोता माझ लोकप्रिय अभिनेता हुसेन सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरिएको छ । कम्पनीले ब्राण्ड एम्बेस्डर नियुक्ति सँगै धमाकेदार अफर पनि सार्वजनिक गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरिहेको कम्पनीले सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

ग्राहकहरूको मन जित्न सफल क्लासिक टेकले गुणस्तरीय सेवाको साथै ग्राहकहरूको फाइदा सुविधाका लागि विभिन्न समयमा अफर तथा प्याकेजहरूको घोषणा गर्दै आइरहेको छ ।

 

उक्त अफर सम्पूर्ण नेपाली र नेपालकै लागि सबैभन्दा सस्तो र राम्रो रहेको कम्पनीको दाबी छ । यस्तो उत्कृष्ट प्याकेज तथा अफरहरूले ग्राहक हरूलाई थप आर्थिक लाभ मिल्नेछ ।

 

कम्पनीले नया अफरमा ७९९ रुपैयाँमा प्रति महिनामा २० एमबीपीएसको स्पिडको सेवा दिने भएको छ । जसमा ग्राहकले इन्टरनेट र आइपीटीभिको १५० ओटा च्यानलहरू निःशुल्क प्राप्त गर्नेछन् ।

 

नयाँ नयाँ ठाउँमा क्लासिक सेन्टर खोल्दै सेवा दिँदै आएको कम्पनीले धेरै स–सानो वस्ती तथा गाउँमा पनि इन्टरनेट पुर्याउने हुनाले यो अफर अन्तर्गत ग्राहकहरूले विशेष लाभ लिन सक्नेछन् । सस्तो र २० एमबीपीएसमा उच्च स्पिड इन्टरनेटको प्याकेज निकालेको हो । यस अफर अन्तर्गत ग्राहकहरूले जुनै पनि प्याकेजमा अपग्रेड हुन पाउने छन् ।

 

कम्पनीका प्रमुख मार्केटिङ अफिसर विनय कुमार अधिकारी भन्छन् ‘यति सस्तो अर्थात ७९९ रुपैयाँमा २० एमबीपीएसको उच्च स्पिड इन्टरनेट सेवा नेपाल अधिराज्यभरीको सबै ग्राहकले उपयोग गर्न सक्नेछन् । अब क्लासिक टेकको इन्टरनेट हरेक घरमा हुनेछ ।’

१५ अर्ब लगानीमा सौर्य सिमेन्ट उद्योग सञ्चालनमा Read Previous

१५ अर्ब लगानीमा सौर्य सिमेन्ट उद्योग सञ्चालनमा

डेप्रोक्स लघुवित्तको साढे २३ हजार कित्ता सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर Read Next

डेप्रोक्स लघुवित्तको साढे २३ हजार कित्ता सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर