१५ अर्ब लगानीमा सौर्य सिमेन्ट उद्योग सञ्चालनमा

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब १५ अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो ।

 

निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि क्लिङ्कर उत्पादन गरिरहेको शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।

 

क्लिङ्कर उत्पादन शुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उनले बताए । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने जनाइएको छ ।

 

सो उद्योगबाट ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ ।

 

उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुङ्गा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ । सिरहाकै गोलबजार नगरपालिकाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको छ ।

विदेश घुम्न राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने ‘भ्याक्सीन पासपोर्ट’ पनि आवश्यक Read Previous

विदेश घुम्न राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने ‘भ्याक्सीन पासपोर्ट’ पनि आवश्यक

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसेन निुयुक्त, ७९९ रुपैयाँमा २० एमबीपीएस इन्टरनेट Read Next

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसेन निुयुक्त, ७९९ रुपैयाँमा २० एमबीपीएस इन्टरनेट