काठमाडौं । डेप्रोक्स लघुवित्त वित्तीय संस्थाको साढे २३ हजार कित्ता संस्थापक (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ ।
लघुवित्तका संस्थापक सेयरधनी देवेन्द्र प्रताप शाहले आफ्नो स्वामित्वमा रहेको २३ हजार ५०० कित्ता सेयर संस्थापक सेयर लिलामी मार्फत विक्री गर्न लागेका हुन् ।
लघुवित्तको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
कम्पनीको लिलामी सेयरमा फागुन २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १ हजारकित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सानिमा क्यापिटल, पुतलीसडक काठमाडौंमा आइपुग्ने गरी आवेदश दिनुपर्नेछ ।
दोस्रो बजारमा अन्तिमपटक लघुवित्तको प्रमोटर सेयर प्रतिकित्ता ५४५ रुपैयाँमा कारोबार भएको छ । दोस्रो बजारमा अन्तिमपटक लघुवित्तको प्रमोटर सेयर प्रतिकित्ता ५४५ रुपैयाँमा कारोबार भएको छ । यो सेयर खरिद गर्नेले कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको २० प्रतिशत लाभांश पनि पाउनेछन् ।