रिचार्जरको भ्यालेन्टाइन अफर, ५९९९ रुपैयाँमा पोखरा हेलिराइड

काठमाडौं । नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ ।

 

रिचार्जरबाट पोखरा साइट सीन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलि राइड पाउने अफर ल्याएको हो । अफरमा सहभागी हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ ।

 

यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई २ हजार क्यासप्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका लागि गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्नु पर्ने हुन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

 

साथै भ्यालेन्टान्स डेको अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुट समेत प्रदान गरिने रिचार्जरले जनाएको छ ।

 

कमजोर आर्थिक अवस्था भएकाहरुले रिचार्जरबाट शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामानहरु खरिद गर्न सक्छन् । किस्ताबन्दीमा सामान खरिद गर्नेहरुले पनि भ्यालेन्टान अफरका छुटहरु पाउने छन् । सबै अफरहरु भ्यालेन्टान्स डेको दिनसम्म मात्र लागू हुनेछ ।

 

विभिन्न किसिमका सेवाको बिल समेत भुक्तानी गर्न सकिने रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ भने अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि २० प्रतिशतसम्म क्यास प्वाइन्ट पाइन्छ ।

इन्फ्रास्ट्रक्चर बैंक सेयर किन्नेको ओइरो, १४ लाख कित्ता माग हुँदा बेच्ने शून्य Read Previous

इन्फ्रास्ट्रक्चर बैंक सेयर किन्नेको ओइरो, १४ लाख कित्ता माग हुँदा बेच्ने शून्य

भ्यालेन्टाइन डेमा सौराहा घुम्नेको घुइँचो, सबै होटल भरिभराउ Read Next

भ्यालेन्टाइन डेमा सौराहा घुम्नेको घुइँचो, सबै होटल भरिभराउ