प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन खुल्यो, १०० दिनको जागिर पाइने

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि निवेदन सङ्कलन शुरु भएको छ ।

 

न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् ।

 

सूचीकृत बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम १०० दिनको रोजगारी प्राप्त गर्नेछन् । न्यूनतम रोजगारी प्रदान गरी विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने सहयोग पुर्याउने उद्देश्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएइको हो ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बेरोजगार व्यक्ति सूचीकरणका लागि परिपत्र गरेको छ ।

 

बेरोजगार व्यक्तिका र निजका परिवारको यथार्थ र सम्पूर्ण विवरण सङ्कलन गरी वास्तविक लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाउन श्रम मन्त्रालयले आग्रह गरेको छ ।

 

यस कार्यक्रमअन्तर्गत सञ्चालन हुने न्यूनतम रोजगारीले गरीब तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षा र संरक्षण प्रदान हुने मन्त्रालयले जनाएको छ ।

४ करोडको आइपीओ ल्याएको महिला लघुवित्तमा मन्त्रीदेखि बैंकसम्मको लगानी, यस्तो छ वित्तीय अवस्था Read Previous

४ करोडको आइपीओ ल्याएको महिला लघुवित्तमा मन्त्रीदेखि बैंकसम्मको लगानी, यस्तो छ वित्तीय अवस्था

साढे ३ अर्बमा रुपन्देही-पाल्पा केबलकार निर्माण शुरु, वन क्षेत्र २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति Read Next

साढे ३ अर्बमा रुपन्देही-पाल्पा केबलकार निर्माण शुरु, वन क्षेत्र २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति