बैंक अफ काठमाण्डूको खुद नाफा करिब ४७%ले बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक विवरण अनुसार बैंकले आकर्षक प्रगति गर्दै १ अर्ब ९३ करोड नाफा कमाएको छ।

 

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ करोड ७० लाख रुपैयाँले खुद नाफा बढाएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.७० %ले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३२ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड २ लाख रुपैयाँ छ। जसबाट बैैंकले शेयरधनीलाई १६ प्रतिशतसम्म लाभांश बाड्ने क्षमता कायम गरेको छ।

 

यस्तै बैंकको शेयरधनी कोष ८५ करोडबाट बढेर १ अर्ब ३९ करोडमा पुगेको छ। गत आर्थिक वर्षमा बैंकले कुनैपनि शेयर प्रिमयम संकलन गरेको छैन। बैंकको जगेडा कोषको अघिल्लो वर्षको तुलनामा ९४ करोडले वृद्धि भई ४ अर्ब ५५ करोड सञ्चित भएको छ।

 

बैंकको निक्षेप संकलन र कर्जा विस्तार भने समान्य छ। असार मसान्तसम्ममा बैंकले ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरी ७१ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी ७१ करोड ५३ लाखले बढेको हो।

 

बैंकको प्रतिशेयर आम्दानीमा ५.३६ रुपैयाँले बढेर २४.४ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंक्को प्रतिसेयर आम्दमनी १८.६८ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १७३.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.६१ गुणा रहेको छ ।

 

बैंक अफ काठमाण्डूको प्रमुख वित्तीय सूचकहरुको अवस्था यस्तो छ :

निजी क्षेत्रले प्रवद्र्धन गरेका बैंकलाई सरकारी बैंकको कडा टक्कर (तथ्यांक सहित) Read Previous

निजी क्षेत्रले प्रवद्र्धन गरेका बैंकलाई सरकारी बैंकको कडा टक्कर (तथ्यांक सहित)

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा भदौ ५ गते Read Next

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा भदौ ५ गते