सिभिल बैंकको नगदरहित अभियान शुरू, मन्दिरको भेटीदेखि टेम्पूको भाडासम्म क्युआर मार्फत भुक्तानी

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो ।

 

प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्युआर कोड मार्पmत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरे ।

 

सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीन पाङ्ग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरे । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक भूवन कडेँल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेल लगायतको उपस्थिति थियो ।

 

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि बताए ।

 

सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेलले आफ्नो स्वागत मन्तव्यमा क्युआर कोड प्रविधिको प्रकृया तथा प्रभावकारीता बारेमा प्रस्ट्याए ।

 

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

 

बैंकले हाल देशभरका ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्पmत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कहिले हुँदैछ ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट ? Read Previous

कहिले हुँदैछ ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट ?

क्यान्सरका बिरामीलाई वाग्मती प्रदेश सरकारले उपचार गर्न ५० हजार दिने Read Next

क्यान्सरका बिरामीलाई वाग्मती प्रदेश सरकारले उपचार गर्न ५० हजार दिने