पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, केमा कति रुपैयाँ बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।निगमले भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपालमा पनि मूल्य वृद्धि गरिएको जनाएको छ ।

 

निगमले बिहीबार देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

 

यसैगरी निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर १ हजार ४०० रुपैयाँ पुर्याएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

‘ग्रीन गोल्ड’ एभोकाडोको विश्व बजारमा अधिक माग, नेपालमा भने खेतीलाई प्रोत्साहन गर्ने नीति नै छैन Read Previous

‘ग्रीन गोल्ड’ एभोकाडोको विश्व बजारमा अधिक माग, नेपालमा भने खेतीलाई प्रोत्साहन गर्ने नीति नै छैन

नेपाल लाइफको 'सेयर स्प्लीट' प्रस्ताव पारित, अब सेयर संख्या दोब्बर हुने Read Next

नेपाल लाइफको 'सेयर स्प्लीट' प्रस्ताव पारित, अब सेयर संख्या दोब्बर हुने