इतिहासकै ठूलो आइपीओ जारी गरेको इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.५४% घट्यो

काठमाडौं । हालै इतिहासकै सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) जारी गरेको नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा गिरावट आएके छ ।

 

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफ १२.५४ प्रतिशतले घटेको छ ।

 

बैंकले चालू आवको पुस मसान्तसम्म ३५ करोड २२ लाख ५५ हजार खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ५ करोड ५ लाख कमी हो । बैंकले गत वर्षको दोस्रो त्रैमासमा ४० करोड २७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा ५० करोड ३५ लाख सञ्चालन मुनाफा र ५६ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

 

समीक्षा अवधिमा बैंकले ३४ करोड निक्षेप सङ्कलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस्तै बैंकले विभिन्न बैंकहरुमा १३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप लगानी गरेको छ।

 

यसै महिना ८ अर्ब बराबरको आइपीओ जारी गरेको बैंकको हालको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ भने आइपीओ पूँजीकृत गरेपछि चुक्ता पूँजी २० अर्ब पुग्नेछ । सो अवधिसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ सञ्चित छ।

 

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ६.७१ रुपैयाँबाट घटेर ५.८७ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने ११०.८२ रुपैयाँबाट बढेर ११६.१९ रुपैयाँ पुगेको छ ।

भन्सार घट्दा चकलेट आयात दोब्बरले बढ्यो, ६ महिनामै ८ अर्बको भित्रियो Read Previous

भन्सार घट्दा चकलेट आयात दोब्बरले बढ्यो, ६ महिनामै ८ अर्बको भित्रियो

पोखरा महानगरले ३.२ किमी अन्तर्राष्ट्रिस्तरको नमूना सडक बनाउने Read Next

पोखरा महानगरले ३.२ किमी अन्तर्राष्ट्रिस्तरको नमूना सडक बनाउने