आफ्नै देशका विश्व चर्चित व्यवसायीलाई पेल्दै चीन, ज्याक मालाई व्यवसायीको सूचीबाट समेत हटायो

चीनको राज्य सञ्चालित मिडियाले निकालेको चिनियाँ व्यवसायीक क्षेत्रका नेतृत्वदायी व्यक्तिहरुको सूचीबाट अनलाइन व्यवसायी ज्याक मालाई हटाएको छ ।

 

मा पछिल्लो समय बेइजिङको प्राथमिकतामा परेका छैनन् । उनी राज्यसँगको द्धन्द्धका कारण लामो समय सार्वसनिक समारोहमा समेत उपस्थित भएका थिएनन् । उनको अनुपस्थितिलाई लिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा विभिन्न अड्कलबाजीहरु समेत भएको थियो ।

 

साङघाइ सेक्युरिटी न्युजले पहिलो पृष्ठमा प्रकाशित समाचारमा ज्याक मालाई ठाउँ दिइएको छैन । मालाई कुनै ठाउँ नदिइए पनि हुवावे टेक्नोलोजीजका रेन जेङफी, जियोमी र्कोपका लिइ जुन र बिवाइडीका वाङ चुवानफुलाई भने उनीहरुको योगदानका लागि तारिफ गरिएको छ ।

 

उक्त समाचार अलिबाबाले आफ्नो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने दिन नै प्रकाशित गरेको भएको थियो । उक्त समाचारको बारेमा अलिबाबाले भने कुनै टिप्पणी गरेको छैन ।

 

ज्याक माले गत अक्टुबर २४ मा एक कार्यक्रममा चिनियाँ नियामकहरुको विरुद्ध अभिव्यक्ति दिएपछि उनी राज्यको आँखामा परेका थिए । उक्त घटना पनि स्वयं चिनियाँ राष्ट्रपति सि चिन फिङ मासँग रुष्ट भएको बताइएको छ । त्यसपछि माको लगानी रहेको एन्ट ग्रुपको ३७ अर्बको आउनलागेको आइपीओ समेत निलम्बनमा परेको थियो ।

 

नियामकले त्यसपछि टेक कम्पनीहरु विरुद्ध अविश्वास गर्दै सोही अनुसारको कदम अगाडी बढाइरहेको छ । यसको मुख्य तारो अलिबाबा ग्रुप बनिरहेको छ ।

 

सधैं ‘लाइमलाइट’मा रहन रुचाउने ज्याक मा विगत ३ महिनायता गुमनाम जस्तै छन् । उनी गत महिना ५० सेकेन्डको लागि एक भिडियोमा झुल्किएका थिए ।

 

साङघाइ सेक्युरिटिज न्युजले अन्य व्यवसायीहरुलाई भने ‘जोखिम लिन सक्ने नायकहरु’को रुपमा उल्लेख गरिएको छ । समाचारमा उनीहरुलाई परम्परागत आर्थिक प्रणाली भत्काउन र विकासका नियमहरुको पालना गर्दै अघि बढ्न सक्ने व्यवसायीहरुको रुपमा प्रशंसा गरिएको छ ।

माघ भित्रै दुई कम्पनीको आइपीओ आउँदै, कुनको कहिले र कति कित्ता ? Read Previous

माघ भित्रै दुई कम्पनीको आइपीओ आउँदै, कुनको कहिले र कति कित्ता ?

भन्सार घट्दा चकलेट आयात दोब्बरले बढ्यो, ६ महिनामै ८ अर्बको भित्रियो Read Next

भन्सार घट्दा चकलेट आयात दोब्बरले बढ्यो, ६ महिनामै ८ अर्बको भित्रियो