फाइजरले सन् २०२१ भित्र १४ अर्ब डलरको कोरोनाको खोप बेच्ने

न्यूयोर्क । फाइजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको विक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले जानकारी गराएको छ ।

 

कम्पनीले भनेको छ, ‘हालसम्मको माग अनुसार खोपको विक्री भएमा चालू आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी रहेको छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रवल सम्भावना छ ।’

 

फाइजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण वार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ ।

 

फाइजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।

वाणिज्य महासंघद्वारा घरेलु तथा साना उद्योग समिति विस्तार Read Previous

वाणिज्य महासंघद्वारा घरेलु तथा साना उद्योग समिति विस्तार

अब ट्राफिक जरिवाना तिर्न बैंकमा धाउन नपर्ने Read Next

अब ट्राफिक जरिवाना तिर्न बैंकमा धाउन नपर्ने