काठमाडौं । अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघनको जरिवाना आजदेखि अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको हो ।
महाशाखाले आजदेखि ट्राफिक जरिवाना नयाँ सफ्टवेयर (टीभीआरएस-ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत तिर्न सकिने व्यवस्था गरेको हो । अब जरिवाना बापतको रकम ई–सेवाबाटै भुक्तानी गर्न मिल्ने महाशाखाले जनाएको छ ।
यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थासँगै अब ट्राफिक कारबाहीमा पर्ने सवारीसाधन तथा चालकहरु बैंकमा लाइन बसेर जरिवाना तिर्नुपर्ने बाध्याताबाट मुक्त भएका छन् ।