वाणिज्य महासंघद्वारा घरेलु तथा साना उद्योग समिति विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले घरेलु तथा साना उद्योग समिति विस्तार गरेको छ ।

 

महासङ्घको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित समितिको सह–सभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चयन भएका छन् ।

 

समितिको सदस्यमा महासङ्घको कार्यकारिणी समिति सदस्य तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कुँवर छन् ।

 

समितिका विशेष आमन्त्रितमा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य सङ्घका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभण्डारीलगायत छन् ।

 

समिति विस्तार गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले भने, ‘नेपालमा सञ्चालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ ।’

 

साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असङ्गठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएको भन्दै उनले यस क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययनसहित सुझाव तयार गर्नुपर्ने बताए ।

 

महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु तथा साना उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले के गर्दा यो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ र यस क्षेत्रलाई निर्वाध सञ्चालनमा सहयोग गर्न सकिन्छ भन्ने ध्येयका साथ काम गर्न समितिलाई आग्रह गरे ।

भिजेर कामै नलाग्ने भयो २८ करोडको रासायनिक मल Read Previous

भिजेर कामै नलाग्ने भयो २८ करोडको रासायनिक मल

फाइजरले सन् २०२१ भित्र १४ अर्ब डलरको कोरोनाको खोप बेच्ने Read Next

फाइजरले सन् २०२१ भित्र १४ अर्ब डलरको कोरोनाको खोप बेच्ने