सुविसु इन्टरनेटकाे कार्यालयमा आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु प्रालिको मुख्य कार्याकाल बालुवाटारमा आगलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

 

सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।आगालागी कसरी भयो भन्ने कारण अहिलेसम्म खुलेको छैन । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिले आगो नियन्त्रणको लागि नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । आगलागीबाट के-कति क्षति भयो भनेर तथ्यांक संकलन भइरहेकोले त्यसको विवरण आउँन बाँकी रहेको छ ।

 

नेपाल एयरलायन्सले भोलिदेखि दाङ एयरपोर्टमा दैनिक दुई उडान गर्ने Read Previous

नेपाल एयरलायन्सले भोलिदेखि दाङ एयरपोर्टमा दैनिक दुई उडान गर्ने

चाणक्य बहसः भौतिक निर्माणको हावादारी गफमा सरकार रमाएको छ Read Next

चाणक्य बहसः भौतिक निर्माणको हावादारी गफमा सरकार रमाएको छ