काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलायन्स)ले भोलि (बुधबार)देखि दाङ एयरपोर्टमा दैनिक दुई वटा उडान गर्ने भएको छ।
अहिले काठमाडौं – दाङ– काठमाडौंमा दैनिक एउटा उडान हुँदै आएको छ। यात्रुको चापलाई मध्यनजर गर्दै बुधबारदेखि दैनिक दुई र हप्तामा २४ वटासम्म उडान गर्ने निगमले जनाएको छ ।
नेपाल एयरलायन्स उपनिर्देशक पुष्पकुमार श्रेष्ठले यात्रुको चाप बढेको भन्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई पत्र लेख्दै दैनिक दुई वटा उडान गर्न प्रस्ताव पठाएका छन्। र, तुलसीपुर उपमहानगरपालिकाले पनि साे प्रस्ताव स्वीकार गरेको छ।
नेपाल वायुसेवा निगम र तुलसीपुर उपमहानगरपालिकाको बीचमा २०७५ साल कात्तिक ३० गते तुलसीपुर द्धिपक्षीय सम्झौता भएको थियो।
