छिमेक लघुवित्तले कमायो ४ वटा वाणिज्य बैंकको भन्दा धेरै नाफा

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुदा नाफा २७.७९ प्रतिशतले वृद्धि गरेको छ ।

 

लघुवित्तले चालू आवको पुस मसान्तसम्म ६१ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १३ करोड ३८ लाख रुपैयाँ बढी हो। लघुवित्तले गत वर्षको दोस्रो त्रैमाससम्म ४८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

छिमेकले कमाएको यो नाफा ४ वटा वाणिज्य बैंकको भन्दा बढी हो । छिमेकले एनसीसी, नेपाल एसबीआई, सेञ्चुरी कमर्शियल र सिभिल बैंककोभन्दा बढी नाफा कमाउन सफल भएको हो ।दोस्रो त्रैमासमा एनसीसीले ६१ करोड ४० लाख, एसबीआईले ५१ करोड ४८ लाख, सेञ्चुरीले ४६ करोड ६५ लाख र सिभिलले २० करोड २८ लाख खुद नाफा कमाएका छन् ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि संचालन मुनाफा बढ्दा खुद नाफामा वृद्धि भएको हो । लघुवित्तले सो अवधिमा ९८ करोड ४१ खुद नाफा आर्जन गरेको छ भने ८२ करोड ३२ लाख संचालन मुनाफा गरेको छ । लघुवित्तले फि, कमिशन तथा डिस्काउन्ट आम्दानीबापत ३५ करोड ७१ लाख रुपैयाँ कमाएको छ ।

 

१ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ६१ करोड रुपैयाँ सञ्चित छ।समीक्षा अवधिसम्ममा लघुवित्तले २० अर्ब ८६ करोड रुपैयाँ निक्षेप र ६ अर्ब १२ करोड रुपैयाँ सापटी लिई २५ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ६७.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४२.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.९७ गुणा र खराब कर्जा २.१३ प्रतिशत रहेको छ ।

कछुवाको गतिमा वाग्मती करिडोर, १२ वर्षमा ७५ प्रतिशत हाराहारी काम पूरा Read Previous

कछुवाको गतिमा वाग्मती करिडोर, १२ वर्षमा ७५ प्रतिशत हाराहारी काम पूरा

जनउत्थान लघुवित्तको बम्पर लाभांश घोषणा,  बोनस र नगद कति Read Next

जनउत्थान लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति