कछुवाको गतिमा वाग्मती करिडोर, १२ वर्षमा ७५ प्रतिशत हाराहारी काम पूरा

फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकाको सवारी जाम कम गर्ने वैकल्पिक सडकको रुपमा लिइएको वाग्मती करिडोर निर्माण शुरु भएको १ दशक बिते पनि कामले गति लिन सकेको छैन ।

 

२०७० सम्म सम्पन्न गर्ने लक्ष्य राखेर २०६५ देखि निर्माण शुरु गरिएको आयोजनाको १२ वर्षमा औसतमा ७५ प्रतिशत हाराहारी मात्र काम पूरा भएको छ ।ठेकेदार कम्पनीको लापारबाही, बजेट अभाव, मुआब्जा विवाद, स्थानीयको अवरोध लगायत कारणले आयोजनाको कामले गति लिन नसकेको हो ।

 

ठेकेदार कम्पनीको लापारबाही, बजेट अभाव, मुआब्जा विवाद, स्थानीयको अवरोध लगायत कारणले आयोजनाको कामले गति लिन नसकेको हो ।

 

वाग्मती करिडोर अन्तर्गत दुई भागमा काम भइरहेको छ । यस अन्तर्गत ४८ किलोमिटर सडक मध्ये ३८ किलोमिटर सडक निर्माणको काम सम्पन्न भएको छ । सो मध्ये १० किलोमिटर सडक निर्माण हुन अझै बाँकी रहेको छ ।

 

वाग्मती करिडोर अन्तर्गत ४८ किलोमिटरमा ढल विछ्याउनु पर्नेमा ३१.५ किलोमिटरसम्म ढल विछ्याउने काम सम्पन्न भएको छ । अझै १६.५ किलोमिटर सडकमा ढल बिछ्याउने काम बाँकी रहेको छ ।

 

नदी तटबन्ध अन्तर्गत ४८ किलोमिटर मध्ये ३१ किलोमिटरमा नटी तटबन्ध भएका छन् । १७ किलोमिटरमा नदी तटबन्ध गर्न बाँकी रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

 

वाग्मती करिडोर अन्तर्गत ढल, सडक, नदी निर्माणका लागि प्रतिकिलोमिटर कुल १८ करोड ४३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । बाँकी आयोजनाका लागि कुल २ अर्ब ८३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको अर्यालले बताए ।

 

वाग्मती करिडोर निर्माण २ भागमा विभाजन गरी काम भइरहेको छ । पहिलो भागमा काम गरिरहेको ‘ल्याण्डेल मिल्स’ कन्सलटेन्टको काम गर्ने अवधि सकिसकेको छ । सो कन्सलटेन्टले २०७३ मंसिर १ गते ठेक्का लिएको थियो । उसको ठेक्का २०७७ असोज २५ गते नै सकिएको हो ।

 

सो ठेक्कामा हालसम्म ८० प्रतिशत भौतिक काम सम्पन्न भएको छ । २० प्रतिशत काम अझै बाँकी रहेको उनले बताए । सो काम सम्पन्न गर्नका लागि नयाँ ठेक्का आवहान गरिने समितिको तयारी रहेको छ ।

 

इन्जिनीयर अर्यालले पहिलो भागमा ३६ मिलियन अमेरिकी डलर लगात अनुमान गरिएको बताए । जस मध्ये ३० मिलियन एडीबी (एशियाली विकास बैंक)को सहयोगमा रहेको छ । बाँकी ६ मिलियन डलर नेपाल सरकार आफैले खर्च गर्ने छ ।

 

दोस्रो भागमा इपिट्सा (इपीटीआईएसए) कनसलटेन्टले काम गरिरहेको छ । सो अन्तर्गत तिलगंगा– भीमसेन गोला भत्केको पुल तर्फ ७७ प्रतिशत भौतिक प्रगति भएको छ। सो अन्तर्गत ७६ प्रतिशत हाराहारीमा वितिय प्रगति भएको अर्यालले जानकारी दिए ।

 

उनले सो अन्तर्गत ४ फेजमा काम भइरहेको बताए । सो खण्डमा थापाथली पुलदेखि बल्खु, उत्तरगया, गोकर्णेश्वर, गुहेश्वरी खण्डमा तीव्र गतिमा काम भइरहेको उनले बताए ।

 

मुआब्जा विवाद कायमै

 

वाग्मती करिडोर अन्तर्गत गोकर्णेश्वरदेखि सुन्दरीजलतर्फ ६१० रोपनी जग्गाको मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो खण्डमा ७१ करोड ३४ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको हो ।

 

त्यस बाहेक तिलगंगादेखि भिमसेनगोला भत्केको पुल तर्फ ५७ रोपनी जग्गाको मुआब्जा तिरेको छैन । नदी कटानका क्रममा १८८ रोपनी जमिनलाई स्थानीयहरूले लालपूर्जामै आफ्नो जमिन भएको भन्दै मुआब्जा माग गर्दै आएका छन् ।

 

सो अन्तर्ग वाग्मती करिडोर पीडित संघ बनाइ जमिन धनिहरूले आन्दोलन गरेका थिए । सरकारको नियम अनुसार पानी बगेको क्षेत्र सरकारको हुने बताइएको छ । त्यस तर्फ समेत छलफल भइरहेको उनले बताए ।

 

सो मुआब्जा साढे २ अर्ब बढी हुन आउने अनुमान गरिएको छ । यो वर्ष कोभिड १९ का कारण मुआब्जाका लागि रकम नछुटाएकाले वितरण नगरिएको उनले बताए ।

 

‘पहिलै तिरिसकेको रकम मुआब्जामा दिइयो, यो वर्ष कोरोनाका कारण मुआब्जाका लागि रकम आएको छैन, अर्यालले चाणक्य पोष्टसँग भने ‘नदीमा परेको जमिनको मुआब्जा दिने भने कतै उल्लेख छैन त्यही विवादले कतिपय काम रोकिएको छ।’

सिङ्गटी हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Previous

सिङ्गटी हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

छिमेक लघुवित्तले कमायो ४ वटा वाणिज्य बैंकको भन्दा धेरै नाफा Read Next

छिमेक लघुवित्तले कमायो ४ वटा वाणिज्य बैंकको भन्दा धेरै नाफा