जनउत्थान लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । जनउत्थान सामुदायिक विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४९.४० प्रतिशत बोनस र कर प्रयोजनका लागि २.६० प्रतिशत नगद गरी कुल ५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

छिमेक लघुवित्तले कमायो ४ वटा वाणिज्य बैंकको भन्दा धेरै नाफा Read Previous

छिमेक लघुवित्तले कमायो ४ वटा वाणिज्य बैंकको भन्दा धेरै नाफा

अझै पर धकेलिँदै मेलम्ची, सुरुङमा पानी परीक्षण गर्ने मिति टुङ्गो लाग्न सकेन Read Next

अझै पर धकेलिँदै मेलम्ची, सुरुङमा पानी परीक्षण गर्ने मिति टुङ्गो लाग्न सकेन