सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नं. १ धरानस्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

 

आज आयोजित एक कार्यक्रममा धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई १ लाख ११ हजार रुपैयाँको चेक हस्तान्त्तरण गरेका हुन् ।

 

उक्त आर्थिक सहयोगले सिंहदेवी मन्दिर देखि दुई धारे पथ हुँदै विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने छ ।

 

बैंकले देशभरका ८६ शाखा कार्यालयहरुबाट विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

मोरङको उर्लाबारीमा सिभिल बैंकको नयाँ शाखा सञ्चालनमा Read Previous

मोरङको उर्लाबारीमा सिभिल बैंकको नयाँ शाखा सञ्चालनमा

१५ दिनमै ५० हजारले लिए प्यान कार्ड, विदेशी नागरिकले यस्ता डकुमेन्ट पेश गर्नु पर्ने Read Next

१५ दिनमै ५० हजारले लिए प्यान कार्ड, विदेशी नागरिकले यस्ता डकुमेन्ट पेश गर्नु पर्ने