काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका ८ पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी दिएको छ ।
पूर्व अध्यक्षहरुले महासंघलाई आजको अवस्थामा ल्याइ पुर्याउन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै महासंघले उनीहरुलाई विभिन्न जिम्मेवारी दिएको हो ।
महासंघले निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल भारत संयुक्त व्यापार फोरम, महेशलाल प्रधानलाई सल्लाकार समिति, पद्य ज्योतिलाई र व्यावसायिक आचार संहिता फोरम,रविभक्त श्रेष्ठलाई अनुशासन समिति, प्रदीपकुमार श्रेष्ठलाई एशिया–प्यासिफिक चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री सम्बन्धी काम गर्ने जिम्मेवारी दिएको छ ।

त्यसैगरी, महासंघले विनोदकुमार श्रेष्ठलाई नेपाल-चीन गैरसरकारी सहकार्य फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज वैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको जिम्मेवारी दिएको छ ।उनीहरुले समहासंघको वर्तमान कार्यकारिणी समितिको कार्यकालसम्म आफूले पाएको जिम्मेवारी वहन गर्नुपर्नेछ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रम बीच औपचारिकरूपमा पत्र हस्तान्तरण गर्दै वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षहरूबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास प्रकट गरे ।