सामसुङको सञ्चालन नाफा ३० प्रतिशतले वृद्धि

काठमाडौं । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दोहोरो अंकले वृद्धि भएको जनाएको छ ।

 

सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ ।

 

सन् २०२० मा कम्पनीको सञ्चालन नाफा ३२ अर्ब ३० करोड डलर भएको र यो अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो । कम्पनीको इतिहासमै यो चौथो सर्वाधिक बढी नाफा हो । यस्तै, सन् २०२० मा कम्पनीको कूल राजश्वमा २.८ ले वृद्धि भई २ खर्ब १२ अर्ब डलर पुगेको छ ।

 

कोभिड–१९ का कारण अनलाइन कक्षाहरु र घरबाटै काम गर्नुपर्ने नियमका कारण पनि विद्युतीय सामानको खरिद व्यापक रुपमा बढेपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ । यस्तो खरिद खासगरी सन् २०२० को पछिल्ला छ महिनामा व्यापक रुपमा वृद्धि भएको थियो ।

 

कोरोना महामारीका कारण सन् २०२० को पहिलो छ महिनामा विश्व अर्थतन्त्रमा शिथिलता आएका कारण विद्युतीय उपकरण खरिदमा पनि मन्दीको अवस्था थियो ।

१० वटा फर्मको बैंक खाता प्रयोग गरी १ अर्ब राजश्व छली Read Previous

१० वटा फर्मको बैंक खाता प्रयोग गरी १ अर्ब राजश्व छली

नेप्सेमा करेक्शन आए पनि कारोबारले बनायो नयाँ रेकर्ड, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

नेप्सेमा करेक्शन आए पनि कारोबारले बनायो नयाँ रेकर्ड, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल