१० वटा फर्मको बैंक खाता प्रयोग गरी १ अर्ब राजश्व छली

काठमाडौं । झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले १ अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ ।

 

राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो ।

 

विभागका महानिर्देशक दीर्घराज मैनालीले लामो समयको अनुसन्धानपछि १ अर्ब ४ करोड बराबरको राजस्व छली गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको जानकारी दिए ।

 

मिश्रलगायतको टोलीले १० वटा फार्म दर्ता गरी त्यही फार्ममार्फत बैंक खाता सञ्चालन गरेर झुटा तथा नक्कली बीजक प्रयोग गरी कारोवार गरेको मैनालीले जानकारी दिए ।

 

उनीमाथि सामान खरिद नै नगरी नक्कली बीजक खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको आरोप लगाइएको छ ।

 

अभियुक्तले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी गरेकाले सोही ऐनको दफा २३ अनुसार कैद सजाय माग गरिएको छ ।

 

मतियारविरुद्ध भने मुख्य अभियुक्तको आधा सजायको माग दाबीसहित मुद्दा दर्ता भएको विभागले एक सूचना जारी गरी जनाएको छ ।

सालको काठमा लगाइएको प्रतिबन्ध ८ महिनापछि खुला Read Previous

सालको काठमा लगाइएको प्रतिबन्ध ८ महिनापछि खुला

सामसुङको सञ्चालन नाफा ३० प्रतिशतले वृद्धि Read Next

सामसुङको सञ्चालन नाफा ३० प्रतिशतले वृद्धि