बंगलादेश बैंकको खुद नाफा १६ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । कोरोनाका बाबजूद नेपाल बंगलादेश बैंकको खुद मुनाफामा सुधार आएको छ ।

 

बैंकले मंगलबार सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलनामा १६.५२ प्रतिशत बढी हो। गत आवको पुससम्म बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशतले घटेर १ अर्ब २४ करोडमा सीमित भएको छ छ । खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा १८.८९ प्रतिशत बढेर १ अर्ब ३३ करोड ९० लाख पुगेको छ।

८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४६ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ४६ करोड ७ लाख रुपैयाँ रहेको छ।

 

समीक्षा अवधिमा बैंकले ७० अर्ब ८ करोड निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २.९६ रुपैयाँले बढेर २२.१६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६५.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.७३ गुणा, खराब कर्जा २.३७ प्रतिशत, बेसरेट ८ प्रतिशत, स्प्रेड दर ४.१९ प्रतिशतरहेको छ ।

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक Read Previous

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

पूँजीगत खर्च दयनीय : १० मन्त्रालयको खर्च १०% भन्दा कम, कुनको कति ? (सूचीसहित) Read Next

पूँजीगत खर्च दयनीय : १० मन्त्रालयको खर्च १०% भन्दा कम, कुनको कति ? (सूचीसहित)