१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक तवरबाट १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । जसका लागि राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ।

 

केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८४ ङ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट विक्री गर्न लागिएको जनाएको छ।

 

ब्याजदरसमेत बोलकबोलका माध्यमबाटै तय गरिने बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन्।

 

सो ऋणपत्र धितोमा राखेरसमेत कर्जा लिन वा दिनसमेत पाइनेछ । बोल कबोल मंगलबार हुने छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ।

 

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई विक्री गरिनेछ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ।

 

यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ। घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

पप्पुले अलपत्र पारेको तीनकुने आर्क ब्रिजको रिटेन्डर हुँदै, ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा बन्ने Read Previous

पप्पुले अलपत्र पारेको तीनकुने आर्क ब्रिजको रिटेन्डर हुँदै, ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा बन्ने

बंगलादेश बैंकको खुद नाफा १६ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक Read Next

बंगलादेश बैंकको खुद नाफा १६ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक