थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

काठमाडौं । थप १० वटा बैंक तथा वित्तीय संस्थाहरू रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भएका छन्।

 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई आरटीजीएस प्रणालीमा आबद्ध गराएको हो ।

 

आरटीजीएस प्रणालीमा आबद्ध हुने विकास बैंकहरुमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक रहेका छन् ।

 

यस्तै, वित्तीय संस्थामा आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स कनेक्ट आरटीजीएस प्रणालीमा थपिएका हुन् । यो प्रणालीमा प्रत्यक्ष सहभागीका रुपमा आबद्ध भई उनीहरुले कारोबार गर्ने भएको नेपाल राष्ट्र बैंकले जनाएको हो।

 

यस अघि २७ वटा वाणिज्य बैंकहरूमा कनेक्ट आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ ।

 

आरटीजीएस प्रणालीमार्फत् ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

 

ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरीउपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

ग्लोबल आइएमई बैंकद्वारा नख्खु बजार क्षेत्रमा क्यूआर मार्फत कारोबार प्रवद्र्धन Read Previous

ग्लोबल आइएमई बैंकद्वारा नख्खु बजार क्षेत्रमा क्यूआर मार्फत कारोबार प्रवद्र्धन

सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी ५ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी ५ कम्पनीका लगानीकर्ता भए मालामाल