ग्लोबल आइएमई बैंकद्वारा नख्खु बजार क्षेत्रमा क्यूआर मार्फत कारोबार प्रवद्र्धन

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद रहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गरेका हुन् ।

 

नगद रहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

 

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक अनलाइन तालिमको शुरुवात पनि गरेको छ ।

 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

 

बैंकले हाल देशभरका २६४ वटा शाखा, ४७ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४० एटीएम, २४४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय(अस्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता Read Previous

राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध Read Next

थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध