राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

 

नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन् ।

 

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने विचार व्यक्त गरे ।

 

आइएमई डिजिटल सोलुसनका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पु¥याउन र सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको विचार व्यक्त गरे ।

नेपाल हुँदै भारत-चीन जोड्ने सबैभन्दा छोटो सडक धमाधम बन्दै, ६ किमी मात्र ट्रयाक खोल्न बाँकी Read Previous

नेपाल हुँदै भारत-चीन जोड्ने सबैभन्दा छोटो सडक धमाधम बन्दै, ६ किमी मात्र ट्रयाक खोल्न बाँकी

ग्लोबल आइएमई बैंकद्वारा नख्खु बजार क्षेत्रमा क्यूआर मार्फत कारोबार प्रवद्र्धन Read Next

ग्लोबल आइएमई बैंकद्वारा नख्खु बजार क्षेत्रमा क्यूआर मार्फत कारोबार प्रवद्र्धन