नेपाल हुँदै भारत-चीन जोड्ने सबैभन्दा छोटो सडक धमाधम बन्दै, ६ किमी मात्र ट्रयाक खोल्न बाँकी

फुङलिङ । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी दुई देश चीन र भारतलाई जोड्दैछ । यस करिडोरमा ६ किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको छ ।

 

तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडामा काम भइरहेको छ । विस्फोटक पदार्थको सहायताले कडा चट्टान फोरेर ट्र्याक खुल्नु पर्ने हुँदा केही समय लिने भएको छ ।

 

विस्फोटक पदार्थ (ब्लास्टिङ) प्रयोग गर्नका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ हुँदै गृह मन्त्रालयसम्म मागपत्र पठाएको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए ।

 

कञ्चनजङ्घा संरक्षण क्षेत्र भएकाले संरक्षण क्षेत्रलाई अनुमति लिनका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालय पत्र पठाइसकेको पौडेलले बताए ।

 

यता कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार संरक्षण क्षेत्रमा करिडोरको काम अगाडि बढाउनका लागि वन मन्त्रालयमा अनुमतिपत्र पठाइसकेको बताए ।

 

सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्न इन्जिनीयर पौडेलले बताए। चीनदेखि ओलाङचुङ्गोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्र्याक खुलिसकेको छ । गैरीपाटीदेखि इलाडाँडासम्म करीब ६ किलोमिटर दूरी रहेको पौडेलले बताए ।

 

सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङचुङ्गोला हुँदै प्रत्यक्ष चीनसँग सडक सञ्चालनले जोड्ने आयोजना अहिले फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडामा काम भइरहेको पौडेलले बताए।

 

सुनसरीको चतारादेखि ओलाङचुङ्गोलासम्ममा २३० किलोमिटर पर्दछ । ओलाङचुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा पर्दछ । यसमा २५४ किलोमिटरमा चोतारादेखि टिप्पताला नाकासम्म पर्दछ ।

 

प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । ३१४ किलोमिटरले मित्र राष्ट्र भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने भएको छ ।

 

प्रदेश नम्बर १ सुनसरीको चतारादेखि ताप्लेजुङको ओलाङचुङ्गोलाको नाका तथा चीनसँग सडक सञ्चालनले जोडिन भएको छ । चीनको सीमा ओलाङचुङ्गोला जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न शुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङ्गोलासम्म विकास गरिँदैछ ।

 

तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको छ । सबै ब्लकको पहिलो काम ट्र्याक खुलाउनु हो । अहिले सबै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको इलाडाँडादेखि गैरीपटीसम्मको ६ किलोमिटरको काम मात्र बाँकी रहेको पौडेलले बताए ।

 

करीब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझीटार ताप्लेजुङ छिचोलेर ओलाङचुङ्गोलासम्म पुर्याइँदैछ । यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने भएको छ ।

 

विसं २०६५ मा सडक निर्माण शुरु गराएका थिए । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो ।

 

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको सरकारले दाबी गरेको छ । यो सडक निर्माण गर्न अहिलेसम्म ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ । रासस

माघ १४ देखि कोरोना खोप अभियान शुरू हुँदै, ४ लाख ३० हजारलाई लगाइने Read Previous

माघ १४ देखि कोरोना खोप अभियान शुरू हुँदै, ४ लाख ३० हजारलाई लगाइने

राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता Read Next

राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता