सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी ५ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

 

आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको नयाँ कीर्तिमान बनाएको हो ।

 

नेप्सेले २४४० विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४४० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २४२४ विन्दु पार गरेको थियो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १६.०४ अंकले बढेर २४४०.८८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ९०.७७ अंकले बढेको छ भने जीवन बीमा समूह ८८.५८ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०८ कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ६० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक ३३ करोड र एनसीसी बैंक ३१ करोड सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नागरिक लगानी कोष, गुराँस लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र नेशनल हाइड्रोका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.९८ प्रतिशत गुमाएका छन् ।

थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध Read Previous

थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

पप्पुले अलपत्र पारेको तीनकुने आर्क ब्रिजको रिटेन्डर हुँदै, ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा बन्ने Read Next

पप्पुले अलपत्र पारेको तीनकुने आर्क ब्रिजको रिटेन्डर हुँदै, ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा बन्ने