कोरोनाका बाबजूद सिटिजन्स बैंकको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कोरोनाका बाबजूद सिटिजन्स बैंक इन्टरनेशनलले खुद मुनाफामा उल्लेख्य सुधार गरेको छ ।

 

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफा २७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

 

बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा २७.२६ प्रतिशत बढी हो। बैंकले गत आवको सोही अवधिसम्ममा ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

खुद ब्याज आम्दानी, खुद सञ्चालन मुनाफ बढ्दा बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंक १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा १२.३९ प्रतिशत बढी हो । त्यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१.५६ प्रतिशत बढेर १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको छ।

९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख र सेयरधनी कोषमा ८७ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। बैंकको वितरण योग्य मुनाफा ८४ करोड ८० लाख रुपैयाँ रहेको छ ।

 

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १८.८५ प्रतिशत र कर्जा प्रवाह ११.२७ प्रतिशतले बढाउन सफल भएको छ । पुस मसान्तसम्म बैंकले १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २.७० रुपैयाँले बढेर १७.८३ रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ थियो ।

 

कर्जा लगानी बढेसँगै बैंकको खराब कर्जा पनि ०.९९ प्रतिशतबाट बढेर २.४२ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.९५ रुपैयाँ, मूल्य आम्दानी अनपात १६.५५ गुणा, बेसरेट ८.२५ प्रतिशत, स्प्रेड दर ४.०८ प्रतिशत रहेको छ ।

पिपुल्स हाइड्रोपावरको साढे ८२ करोडको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्ति Read Previous

पिपुल्स हाइड्रोपावरको साढे ८२ करोडको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्ति

चन्द्रागिरी हिल्सको आइपीओमा ४५ हजार आवेदन रद्द, कहिले हुँदैछ बाँडफाँट ? Read Next

चन्द्रागिरी हिल्सको आइपीओमा ४५ हजार आवेदन रद्द, कहिले हुँदैछ बाँडफाँट ?