काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले साढे ८२ करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र पिपुल्स हाइड्रोपावरका तर्फबाट प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले हस्ताक्षर गरे ।
कम्पनीले लमजुङ्गमा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ निर्माणका लागि पूँजी जुटाउन आइपीओ जारी गर्न लागेको हो ।