अब ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति बैंकको सिइओ बन्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा सञ्चालक समितिको उमेर हद निर्धारण गरेको छ ।

 

नेपाल राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै ६५ वर्ष नाघेपछि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त हुन नपाइने व्यवस्था गरेको हो। यसअघि नै नियुक्त भइसकेकाले भने ६९ वर्ष सम्म काम गर्न पाउनेछन् ।

 

यस्तै अब ७० वर्ष उमेर पुगेकाहरु संचालक समितिमा रहन पाउने छैनन्  । तर, बहाल रहेको अवस्थामा भने ७४ वर्षसम्म रहन सक्नेछन्।

कृषि विकास बैंकको लोभ लाग्दो प्रगति, खुद नाफा ४ अर्ब ३५ करोड Read Previous

कृषि विकास बैंकको लोभ लाग्दो प्रगति, खुद नाफा ४ अर्ब ३५ करोड

चिलिमे जलविद्युतको उत्पादन बन्द Read Next

चिलिमे जलविद्युतको उत्पादन बन्द