चिलिमे जलविद्युतको उत्पादन बन्द

काठमाडौं । राष्ट्रिय प्रसारण लाइनको तार चुडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ ।

 

सोमबार अपरान्ह् उत्तरगया गाउँपालिका–५ लहरे गाउँमा रहेको ८४ नम्बरको टावरमा एक्कासी प्रशारण लाइन चुडिएपछि उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

 

विद्युत उत्पादन बन्द भएपछि रसुवा जिल्ला अन्धकारमय भएको  छ । राष्ट्रिय प्रसारण लाइन मर्मतको लागि नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय महाशाखालाई ताकेता गरिसकेकोले  सम्भवतः आजसम्ममा सञ्चालनमा ल्याउन सकिने जनाइएकाे छ। रासस

अब ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति बैंकको सिइओ बन्न नपाउने Read Previous

अब ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति बैंकको सिइओ बन्न नपाउने

बैंकको विकल्पमा खुलेको सरकारी कार्यालयमा १६ वर्षदेखि तालाबन्दी Read Next

बैंकको विकल्पमा खुलेको सरकारी कार्यालयमा १६ वर्षदेखि तालाबन्दी