माघ १ देखि अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने, बढीमा २० रुपैयाँ लिन पाउने

काठमाडौं । आगामी माघ १ गतेदेखि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो।

 

यसअघि राष्ट्र बैंकले कोरोनोको कारण देखाउँदै गत चैत देखि अन्तर बैंक एटीम प्रयोग गर्दा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।

 

अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने भए पनि बैंकहरुले महिनामा दुई पटक मात्र एटीएम गर्नेलाई निःशुल्क सेवा दिनु पर्नेछ ।

 

दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।

 

यस्तै, राष्ट्र बैंकले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा बापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था गरेको छ।

वैदेशिक लगानीका सडक निर्माण सुस्त, कामदार नेपाल नफर्किँदा समस्या Read Previous

वैदेशिक लगानीका सडक निर्माण सुस्त, कामदार नेपाल नफर्किँदा समस्या

बुक बिल्डिङमा आवेदन दिन ४६ कम्पनी योग्य (नामसहित) Read Next

बुक बिल्डिङमा आवेदन दिन ४६ कम्पनी योग्य (नामसहित)