काठमाडौं । बुक बिल्डिङ्ग विधिबाट आइपीओ जारी गर्न आवेदन दिन ४६ वटा संस्थाहरु योग्य भएका छन् ।
नेपाल धितोपत्र बोर्डले विभिन्न ४६ संगठित संस्थालाई लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान दिएको हो ।
बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष आवेदन दिएका ६२ संस्थामध्ये ४६ संस्थालाई बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न अनुमति दिएको हो ।
यसअघि नै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ।
बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् ।
जसले प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।
यी हुन् बुक बिल्डिङका लागि आवेदन दिन योग्य कम्पनीहरु :