चिनियाँ राष्ट्रपति सि चिनफिनले व्यक्तिगत रूपमै निर्देशन दिएर एन्ट ग्रुपको आइपीओ निष्काशन गर्ने रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । एन्ट ग्रुपका ज्याक माले सरकार र नियामकहरूको आलोचना गरे पनि राष्ट्रपति सि र सरकारी अधिकारीहरू उनीसँग रिसाएका थिए ।
डिजिटल पेमेन्ट सिस्टमको तीव्र विस्तार हुँदै गएका कारण चिनियाँ सरकारी अधिकारीहरू पछिल्लो समय आफ्नो प्रभावको दृष्टिले असुरक्षित महशुस गर्दै आएका थिए । त्यसैकारण डिजिटल कम्पनीहरू र सरकारका बीच द्धन्द्ध चल्दै आएको थियो । त्यसको विष्फोट एन्ट ग्रुपको आइपीओ निलम्बनमा आएर पोखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् २०१२ मा सि चिनफिङ सत्तामा आएदेखि नै ठूला व्यवसायहरूलाई कस्ने नीति चीन सरकारले शुरू गरेको थियो । कुनै बेला चीनका सर्वाधिक धनी व्यक्ति डालियन वान्डा ग्रुपका वाङ जियानलिन र अन्बाङ इन्स्योरेन्स ग्रुपका यु सावोवाई उक्त सरकारी नीतिको चपेटामा परिसकेका छन् ।
राष्ट्रपति सि पनि ठूला निजी व्यवसायले बढाउँदै लगेको पूँजी र प्रभाव प्रति असहिष्णु रहँदै आएको बताइएको छ । उनले उनीहरूको बढ्दो प्रभावलाई आफ्नो र आफ्नो पार्टीले ‘बरकरार’ राख्न खोजेको स्थायित्व प्रतिको चुनौतीको रूपमा बुझ्दै आएका थिए ।
एन्ट ग्रुपको आइपीओ आउने समय भन्दा केही दिन अघि अक्टुबर २४ तारिखका दिन ज्याक माले एक सार्वजनिक समारोहमा राष्ट्रपति सिको भनाइ उद्धृत गर्दै दिएका अभिव्यक्तिलाई सरकारी अधिकारीहरूले सरकारको छवी धमिल्याउने र आफ्नो छवी उकास्ने प्रयासको रूपमा बुझेका थिए ।
त्यसका कार्यक्रममा ज्याकले सरकारका कठोर नियमन कदमहरू प्रविधिको सृजना र विकासमा बाधक भएको विचार राखेका थिए । उक्त भाषणको बारेमा सरकारी रिपोर्ट पढेका राष्ट्रपति त्यसपछि निकै आक्रोशित भएका थिए र त्यसपछि उनले नियामकहरूलाई तुरुन्तै छानबिन शुरू गर्न र एन्टको आइपीओ निष्काशन प्रक्रिया निलम्बन गर्न आदेश दिएका थिए । उक्त आइपीओमा विदेशी लगानीकर्ताहरूले ३४ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका थिए ।
सन् २०१२ मा सि चिनफिङ सत्तामा आएदेखि नै ठूला व्यवसायहरूलाई कस्ने नीति चीन सरकारले शुरू गरेको थियो । कुनै बेला चीनका सर्वाधिक धनी व्यक्ति डालियन वान्डा ग्रुपका वाङ जियानलिन र अन्बाङ इन्स्योरेन्स ग्रुपका यु सावोवाई उक्त सरकारी नीतिको चपेटामा परिसकेका छन् ।

‘धनीको सूचीमा को कहाँ पर्छ भन्ने कुरामा राष्ट्रपतिलाइ कुनै चासो छैन । मुख्य कुरा धनी भएपछि उसले के गर्छ र उसका चासोहरू सरकारी चासोसँग तादम्यता राख्छ कि राख्दैन भन्ने नै हो,’ एक उच्च चिनियाँ अधिकारीले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई भनेका छन् ।
चीन सरकारले एन्टलाई कस्न खोजेको धरै अघि देखि नै हो । कम्पनीको मोबाइल पेमेन्ट र लाइफस्टाइल एप अलि पे ले चीनको वित्तीय प्रणालीलाई भत्काएको सरकारको बुझाइ छ । अलि पे चीनका करिब ७० प्रतिशत जनसंख्याले प्रयोग गर्ने गरेको छ । एन्ट मुख्य रूपमा परम्परागत बैंकिङबाट बाहिर पारिएका मानिसहरूको लागि बैंकिङ सेवा दिनमा केन्द्रित रहेको छ ।
चीनमा इन्टरनेट प्रविधि सम्बन्धी दुई कम्पनीले आफ्ना संस्थापकहरूलाई अर्बपति बनाएका छन् । धेरै अघिदेखि नियामकहरूले बल गरिरहेकै भएपनि एन्ट ग्रुपका लगानीकर्ताहरू र उच्च राजनीतिक नेतृत्वका कारण उनीहरू एन्टलाई कस्न सफल भएका थिएनन् । एन्टका प्रर्वतक मध्ये एकजान पूर्व चिनियाँ नेता ज्याङ जमिनको नाती पनि रहेका छन् ।
‘ज्याक माको एन्ट र सरकारका बीच सधैं तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । यो कम्पनीलाई अत्यन्तै प्रभावशाली र ठूलो कम्पनीको रूपमा अहिले चिनियाँ सरकारले हेरेको पनि थिएन । तर, अक्टुबरको माको भाषणले नै अहिलेको अवस्था आउनमा भूमिका खेल्यो जस्तो लाग्छ,’ अमेरिकाको कर्नेल विश्वविद्यालयका प्राध्यापक ईश्वर प्रसाद भन्छन् ।