
काठमाडौं । खाने तेलको मूल्य अस्वभाविक रुपमो बढेको छ । दशैं, तिहार जस्ता ठूला चाडवाड सकिएको, होटल, रेष्टुरेन्ट लगायत धेरै तेल खपत हुने ठाउँहरु पूर्ण रुपम सञ्चालनमा नआएकाले खासै माग नबढे पनि भाउ भने अचाक्ली बढेको हो ।
पछिल्लो दुई महिनामै भटमास, तोरी, सनफ्लावर लगायत खाने तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म वृद्धि भएको छ । विदेशबाट आयात गरिने कच्चा पदार्थको मूल्य विश्व बजारमै बढेकाले नेपालमा पनि खाने तेलको भाउ बढेको व्यापारीहरु बताउँछन् ।
पछिल्लो दुई महिनामै भटमास, तोरी, सनफ्लावर लगायत खाने तेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म वृद्धि भएको छ । विदेशबाट आयात गरिने कच्चा पदार्थको मूल्य विश्व बजारमै बढेकाले नेपालमा पनि खाने तेलको भाउ बढेको व्यापारीहरु बताउँछन् ।
साथै, पछिल्लो समय होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायत धेरै तेल खपत हुने ठाउँहरु सञ्चालनमा आएकाले तेलको माग बढ्दा भाउ बढेको उनीहरु बताउँछन् । अहिले तुलनात्मक रुपमा उत्पादन कम भएको र बजारमा माग बढ्दा मूल्य बढेको उनीहरुको भनाइ छ ।
नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोधकुमार गुप्ताका अनुसार विश्व बजारमै कच्चा पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि तेलको मूल्य बढेको हो ।
उनले पछिल्लो समय विश्व बजारमै कच्चा पदार्थ उत्पादनमा ह्रास आएको बताए । माग बढी भए पनि उत्पादन कम हुँदा मूल्य वृद्धि गर्नु पर्ने अवस्था आएको उनले बताए ।
‘यो वर्ष कच्चा पदार्थको उत्पादन घटेको छ, विश्व बजारमै कच्चा पदार्थ कम हुँदा सप्लाइमा समस्या भएको हो, उतैबाट कच्चा पदार्थको मूल्य बढेर आएको छ, गुप्ताले चाणक्य पोष्टसँग भने ।
कात्तिकसम्म तेलको मूल्य १५० देखि १६५ रुपैयाँ प्रतिलिटर रहेको थियो । हाल बजारमा सोही तेलहरुको मूल्य १९० रुपैयाँदेखि २१० रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ ।
भदौ यता निषेधात्रा खुलेलगतै खाने तेलको मूल्य आकाशिन थालेको हो । वाणिज्य आपूर्ती तथा हित संरक्षण विभागका तथ्यांक अधिकृत शंकर ठाकुरका अनुसार भदौसम्म खाने तेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ देखि १७७ रुपैयाँ प्रतिलिटर रहेको थियो ।
भदौमा तोरिको तेल प्रति लिटर १७७ रुपैयाँ रहेको थियो । भटमासको तेल १५२ रुपैयाँ प्रतिलिटर रहेको थियो भने सनफ्लावर तेल प्रतिलिटर ६२ रुपैयाँ रहेको उनले बताए ।हाल तोरिको तेल प्रतिलिटर २१० रुपैयाँ पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर १९० रुपैयाँमा आकाशिएको छ । भटमासको तेल १८५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
व्यापारीले कचा पदार्थको भाउ बढेको, तेलको उत्पादन कम र माग बढी भएकाले तेलको मूल्य बढेको बताए पनि सरकारी अनुगमन फितलो भएको मौका छोपी उनीहरुले कालोबजारी गरी भाउ बढाइएको पाइएको छ । स्टक तेल रहे पनि बजारमा कृत्रिम अभाइ गरी व्यापारीले मनलाग्दी भाउ बढाएको उपभोक्ताको आरोपछ ।
वाणिज्य आपूर्ती तथा उपभोग संरक्षण विभागका अधिकारी सागर मिश्राका अनुसार बजारमा दैनिक खाद्यहरुको अनुगमन भइरहेको छ । मूल्य वृद्धि विषयमा छानबीन तथा अध्ययन गरिरहेको उनले बताए । ‘तेलको मूल्य बढेको छ, यस बारेमा हामीले उद्योगीहरुसँग सोधिखोजि गरिरहेका छौं, छानबिन गर्दैछौँ,’ मिश्राले चाणक्य पोष्टसँग भने ।
आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार तेलहन बाली उत्पादन क्षेत्रफल २ लाख ५८ हजार हेक्टर रहेको छ । गत वर्ष सो क्षेत्रफलमा २७८ हजार मेट्रिकटन तेलहन बाली उत्पादन भएको थियो ।
चालू आर्थिक वर्षको ५ महिनामा २२ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको छ । चालू आवमा कुल २३ करोड ६६ लाख लिटर तेल आयात भएको हो । सो तेल आयातका क्रममा ३ अर्ब ३३ करोड रुपैयाँ राजस्वसंकलन भएको थियो ।
गत आर्थिक वर्ष २०७६/७७ को ५ महिनामा २१ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको थियो । सो मूल्यमा २७ करोड २ लाख लिटर तेल आयात भएको थियो । तेल आयातका क्रममा सरकारले ३ अर्ब ९० करोड रुपैयाँ राजस्वसंकलन गरेको थियो ।
गत आर्थिक वर्षमा कुल ५० अर्ब २२ करोड २३ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको थियो । सो मूल्यमा ५६ करोड ३६ लाख लिटर तेल तथा घिउ आयात भएको थियो । आयातका क्रममा सरकारले ८ अर्ब ७६ करोड रुपैयाँ राजस्वसंकलन गरेको थियो ।
भान्छामा दैनिक प्रयोगमा आउने तेल आयातका क्रममा आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बाहिरीएको छ । सो आवमा तेल आयात भए बापत ७ अर्ब ४७ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब २३ करोड ८८ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो । सो आवमा तेल आयात मार्फत ४ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ राजस्वसंकलन भएको थियो ।