४ कम्पनीको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुन कम्पनीको भाउ कति

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको संस्थापक (प्रमोटर) सेयर लिलामी मार्फत विक्रीमा ल्याएको छ ।

 

बैंकले आजदेखि ती ४ कम्पनीको ६ लाख २७ हजार २०० कित्ता प्रमोटर सेयर लिलामी विक्री खुला गरेको छ ।

 

बैंकले सूर्या लाइफ इन्सुरेन्सको १ लाख ९० हजार ३७४, नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, एशियन लाइफ इन्सुेन्सको १ लाख ३० हजार २९० कित्ता र नेशनल लाइफ इन्सुरेन्सको १ लाख ३ हजार ९७६ कित्ता प्रमोटर सेयर लिलामीमा ल्याएको हो ।


बैंकले लिलामीमा ल्याएको सेयरमा पुस २४ गतेसम्म गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनसक्नेछन् ।

 

लगानीकर्ताले लगानी कोषको सेयरमा न्यूनतम १७१५, सूर्या लाइफको न्यूनतम ३३७, एशियन लाइफको न्यूनतम ४६९ रुपैयाँ र नेशनल लाइफको न्यूनतम ५५० रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ ।

 

लगानीकर्ताले ४ वटै कम्पनीको सेयरमा एनआइसी एशिया क्यापिटल बबरमहल, एनआइसी एशिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

खाने तेलको भाउ अचाक्ली बढ्यो, मूल्यवृद्धि स्वभाविक कि कालोबजारी ? Read Previous

खाने तेलको भाउ अचाक्ली बढ्यो, मूल्यवृद्धि स्वभाविक कि कालोबजारी ?

प्रभु लाइफको सेयर किन्नेको ओइरो, २० लाख कित्ता माग हुँदा बेच्ने शून्य Read Next

प्रभु लाइफको सेयर किन्नेको ओइरो, २० लाख कित्ता माग हुँदा बेच्ने शून्य