प्रभु लाइफको सेयर किन्नेको ओइरो, २० लाख कित्ता माग हुँदा बेच्ने शून्य

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा सेयर कारोबार शुरु भएसँगै सेयर किन्नेको ओइरो लागेको छ ।

 

शुक्रबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आएको हो । १३७ रुपैयाँ कारोबार खुलेको कम्पनीको १२ बजेसम्म २ रुपैयाँ बढेर १०० कित्ता सेयर कारोबार भएको छ ।

 

मूल्य खासै नबढे पनि कम्पनीको सेयर किन्न चाहनेको भीड लागेको छ । १२ बजेसम्म कम्पनीको १९ लाख ८५ हजारभन्दा बढी कित्ता सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन । यस अवधिसम्म जम्मा १०० कित्ता मात्र सेयर कारोबार भएको छ ।

 

प्रभुले पुस २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा १० लाख ५१ हजार २१६ आवेदकले २ करोड ७८ लाख २१ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए ।

 

सोमध्ये भाग्यशाली ५ लाख ४० हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए । ५ लाख ९ हजार ४७ जनाको हात रित्तो भएको थियो ।

 

यसअघि १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

४ कम्पनीको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुन कम्पनीको भाउ कति Read Previous

४ कम्पनीको सेयर बजार मूल्यभन्दा सस्तोमा किन्ने अवसर, कुन कम्पनीको भाउ कति

दाना-खुर्कोट प्रसारण लाइन निर्माण पूरा, ३ आयोजनाको ६० मेगावाट बिजुली जोडिने Read Next

दाना-खुर्कोट प्रसारण लाइन निर्माण पूरा, ३ आयोजनाको ६० मेगावाट बिजुली जोडिने