
काठमाडौं । निकट भविष्यमै सर्वसाधरणमा ७५ लाख कित्ता प्राथमिक सेयर (आइपीओ) जारी गर्न लागेको सिटिजन्स लाइफ इन्स्योरेन्सले रेटिङ सम्पन्न गरेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आइपीओलाई ‘इक्रा एपी आइआर बीबीबी माइनस’ (ट्रिपल बी माइनस) रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ भने वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।
इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
आइपीओ निष्काशनका लागि कम्पनीले साधरण सभाबाट प्रस्ताप पारित गरिसकेको छ भने धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको जनाइएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ भने आइपीओ निष्काशन पछि २ अर्ब ५० करोड पुग्नेछ ।